म्यानमारको सेनाले गत सोमबार नेतृ आङ सान सुकीसहित नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता हत्याएको विरोधमा प्रदर्शनहरू सुरू भएका छन्।
आइतबार राजधानी नेपिदअसहित विभिन्न स्थानमा प्रदर्शन भयो। सैनिक कूविरूद्ध हजारौंमा मानिहरू सडकमा आए।
ठूला प्रदर्शन हुन थालेपछि बाक्लो संख्यामा प्रहरी र सेना सडकमा उत्रिएका छन्। प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण छ। बरू प्रदर्शनकारीले सडकमा खटिएका प्रहरीलाई प्रेमको प्रतीक मानिने गुलाबको फूल दिएका छन्।
लाठी र सिल्ड बोकेका प्रहरीलाई प्रदर्शनकारीले फूल पानी दिएका तस्बिरले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएका छन्।
प्रदर्शनकारीमाथि प्रहरीले दमन नगरोस् भनेर प्रहरीलाई फूल दिने गरिन्छ।
यसअघि नेपालमा भएका विभिन्न प्रदर्शनमा पनि प्रहरीलाई फूल दिएको देखिएको थियो। काठमाडौंमा गुठी आन्दोलन हुँदा गायक योगेश्वर अमात्यलगायत प्रदर्शनकारीले प्रहरीलाई फूल बाँडेका थिए।