भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा गएको बाढबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। हिमनदी फुट्दा धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदिमा आइतबार बिहान बाढी आएको थियो।
बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै अझै कम्तिमा १५० जना सम्पर्कबिहीन छन्।
तपोवन ड्याम नजिकैको सुरूङमा फसेकाको उद्धार भइरहेको छ। आइतबार नै १६ जनाको उद्धार गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
अझै १५० जना बेपत्ता रहेको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले बताएको छ।
इन्डो टिवेटियन बोर्डर पुलीस र भारतीय एयर फोर्सले उद्धार तथा खोजतलास कार्य अघि बढाएको छ।
बोर्डर पुलिसले तपोवन क्षेत्रको सुरूङमा तालिमप्राप्त कुकुर पनि खटाएको छ। सुरूङमा फसेका कामदारहरूको खोजी गर्न कुकुरको टोली खटाएको हो।