भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २६ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अझै १७१ जना बेपत्ता छन् र उनीहरुको खोजी तथा उद्धारकार्य जारी रहेको छ।
हिमनदी फुट्दा धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदिमा आइतबार बिहान बाढी आएको थियो। त्यस बाढीमा परि अहिलेसम्म २६ जनाको शव फेला परेको बिबिसी हिन्दीले जनाएको छ।
जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका हुन्।
यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमाअ अझै ३०–३५ जना फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।
त्यस्तै एक सय ७१ जना अझै पनि सम्पर्कबिहीन छन्। जसमध्ये ३५ जना सुरूङभित्र छन्। उनीहरूको उद्धार गर्न इन्डो टिवेटियन बोर्डर पुलिस र भारतीय सेनाको टोली खटिएको छ।
मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले प्रभावित क्षेत्रमा पुगेका छन्। उनी हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेका हुन्।