भारतको नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवा मृत फेला परेका छन्। भारतीय समाचार एजेन्सी इन्डो–एसियन न्यूज सर्भिस (आइएएनए) का अनुसार मृतक युवा २४ वर्षीय दिपेश थापा हुन्। उनको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको हो।
समाचारमा दिपेश नेपाली नागरिक भएको बताए पनि उनको नेपालको ठेगाना बताइएको छैन।
दिल्ली प्रहरीका अनुसार उनी चिराग दिल्लीमै मःमः को ब्यापार गर्दै आएका थिए। मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको तर त्यसपछि उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ।
उनको शव दिल्लीको चिरागस्थित राम लीला पार्कमा फेला परेको हो।
शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।