आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ।
मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ।
‘आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ’, उनले भने।
पछिल्लो केही दिनयता अपरान्ह तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो।
प्रि-मनसुनको समय नजिकिएकै कारण अपरान्ह तथा साँझापख मौसममा परिवर्तन भएको मौमसविद्को भनाइ छ।
अबको तीन दिन भने मौसम सफा हुने बताइएको छ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।
तीन दिनको मौसम पूर्वानुमान
फागुन ०८ गते (शनिबार)
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
फागुन ०९ गते (आइतवार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
फागुन १० गते (सोमबार)
दिउँसो : देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ ।
राति: देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ ।