म्यानमारका विदेश मन्त्री बुधबार थाइल्यान्ड भ्रमणमा गएका छन्।
सेनाद्वारा नियुक्त विदेशमन्त्री वुन्ना मौङ्ग ल्विन पछिल्लो समय गहिरिँदै गएको म्यानमारको संकटका कूटनीतिक कुराकानी गर्न थाइल्यान्ड पुगेको रोयटर्सले जनाएको छ। सेनाले फेब्रुअरी १ गते म्यानमारमा कू गरेसँगै छिमेकी राष्ट्रहरूले यस संकटलाई समाधान गर्ने प्रयासलाई तिव्रता दिएको छन्।
ल्विन दक्षिण पूर्वी एशिलायी राष्ट्रहरूको संगठन एसियानका प्रतिनिधिहरूसँग छलफल गर्न थाइल्यान्ड पुगेका हुन्। एसियान मुलुकहरूमध्ये म्यानमारको संकट समाधान गर्न इन्डोनेसियाले नेतृत्व लिएको छ। यद्यपी इन्डोनेसियाकी विदेश मन्त्री गर्ने भनिएको म्यामनमारको भ्रमण भने रद्द गरिएको छ।
म्यानमारमा भने फेब्रुअरी १ मा भएको सैनिक कूविरूद्ध अचेल दिनदिनै प्रदर्शन भइरहेका छन्।