पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रूख ढल्दा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।
आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रूख ढाल्दा राजमार्ग अवरूद्ध भएको हो।
साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए।
रूख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएको र करिब आधा घण्टामा राजमार्ग सञ्चालन हुने उनले जानकारी दिए।रासस