बेलायतकी रानी एलेजावेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको निधन भएको छ।
बकिङ्हम प्यालेसले ९९ वर्षीय फिलिपको निधन भएको शुक्रबार जानकारी दिएको छ। उनको शुक्रबार बिहान निधन भएको हो।
'गहिरो दु:खका साथ महारानीले आफ्ना प्यारो श्रीमान एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्नुभएको छ,' प्यालेसको विज्ञप्तिमा भनिएको छ।
फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो। पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।
फिलिप र एलिजावेथका ४ छोराछोरी थिए। उनीहरूका ८ नाति-नातिनी र १० पनाति-पनातिनी छन्।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप्सको निधनमा दु:ख व्यक्त गर्दै उनको अदभूत जीवन र कामका लागि राष्ट्रका तर्फबाट धन्यवाद दिएका छन्।