नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गर्दा उनमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो।
वैशाख ६ गतेदेखि उनलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरू गरिएको थियो।
यससँगै कोभिड सङ्क्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने कूल सङ्ख्या ७७ पुगेको छ। रासस