श्रीलंकाको मन्त्रिपरिषद्ले सार्वजनिक स्थानमा बुर्का लगाउने नपाइने प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै श्रीलंकाले सो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो।
सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले मंगलबार आफ्नो फेसबुकमार्फत् क्याबिनेटले सार्वजनिक स्थलमा अनुहार ढाक्न लगाइने कपडा तथा बुर्कालाई प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको जानकारी दिए।
यो निर्णय संसदले पारित गरेपछि कानून बन्नेछ। बहुमतको सरकार भएको हुँदा यो प्रस्ताव सहजै पारित हुने छ।
मन्त्री वीरासेकाराले बुर्कालाई धार्मिक अतिवादको चिन्ह भएको बताएका छन्। यसलाई प्रतिबन्ध लगाएसँगै राष्ट्रिय सुरक्षामा सुधार आउने उनको भनाइ छ।
श्रीलंकाले सन् २०१९ मा अस्थायी रूपमा बुर्का लगाउन प्रतिबन्ध लगाएको थियो।