भारतको विहारमा मंगलबारदेखि मे १५ सम्मका लागि लकडाउन गरिएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि विहारमा लकडाउन गरिएको हो।
मुख्यमन्त्री नितिश कुमारले ट्विटरमार्फत् मे १५ सम्मका लागि लकडाउन गर्ने घोषणा गरेका हुन्।
सोमबार विभिन्न अधिकारी तथा मन्त्रीहरूसँग छलफल गरेपछि लकडाउन गर्ने घोषणा गरेको उनले बताए।
विहार सरकारले संकट व्यवस्थापन समूहलाई लकडाउनमा गर्न पाइने/नपाइने विषयहरूबारे निर्देशिका जारी गर्न निर्देशन दिइएको छ।
पटना उच्च अदालतले पनि प्रदेश सरकारलाई लकडाउन गर्न आदेश दिएको थियो।
विहारमा सोमबारमात्रै ११ हजार ४ सय ७ कोरोना संक्रमित थपिएका थिए। त्यस्तै ८२ जनाले ज्यान गुमाएका थिए। विहारमा अहिले एक लाख बढी सक्रिय संक्रमित छन्। संक्रमितको संख्या भने पाँच लाख कटिसकेका छन्।