सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि आजदेखि निषेधाज्ञा लगाइएको छ।
बिहीबार बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको हो।
जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णयानुसार निषेधाज्ञा बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो।
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई बुधबारदेखि बन्द गरिएको छ।
ती वडा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए।
(रासस)