लियोनार्दो दा भिन्चीले कोरेको एउटा भालुको पेन्टिङको लिलामी हुने भएको छ।
'हेड अफ बियर' नाम दिइएको पेन्टिङ क्रिस्टिजले आगामी जुलाईमा लिलामी गर्दैछ।
लन्डनमा लिलाम गर्नुअघि उक्त पेन्टिङ न्युयोर्क र हङकङमा प्रदर्शनीमा राखिने छ।
क्रिष्टिजका अधिकारीहरूले उक्त पेन्टिङ ८० लाख देखि एक करोड २० लाख पाउन्ड स्टर्लिङ ( १ करोड ६७ लाख अमेरिकी डलर) मा बिक्री हुने अपेक्षा गरेका छन्।
उक्त पेन्टिङ पछिल्लो समय एक जना व्यक्तिसँग छ। उनले त्यो सन् २००८ मा किनेका हुन्।
संसारका विभिन्न संग्राहलयमा प्रदर्शन गर्दा उक्त पेन्टिङको तारिफ हुने गरेको थियो।
सात/सात सेन्टिमिटर लामो पेन्टिङ जुलाई ८ मा लिलामी हुनुअघि जुन १ देखि ६ सम्म लन्डनमा प्रदर्शन गरिने छ।