रूसको कजान शहरस्थित एक विद्यालमा मंगलबार गोली चल्दा कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ भने कैयौं मानिसहरू घाइते भएका छन्।
रूस सरकारद्वारा सञ्चालित आरआइए नोभोस्तीले जनाए अनुसार दुई जना व्यक्तिले विद्यालयमा गोलीबारी गरेका थिए।
मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेको बिबिसीले जनाएको छ।
गोली चलाउने १९ वर्षीय युवक पक्राउ परिसकेका छन् भने अर्का युवक मारिएका छन्। गोली चलाउने दोस्रो व्यक्ति विद्यालय भवनको चौथो तलामा मारिएका हुन्। १९ वर्षीय युवकलाई भने प्रहरीले विद्यालय परिसर बाहिर नियन्त्रणमा लिइरहेको भिडिओ सार्वजनिक भएको छ।
कजानमा विषेशगरी मुस्लिम समुदायका मानिसहरू बस्छन्।
गोली चलेपछि भारी हतियार तथा सवारीसाधनसहितका प्रहरी विद्यालय बाहिर देखिएका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओमा विद्यार्थीहरू आज्यान जोगाउन झ्यालबाट हाम फाल्दै गरेको देखिन्छ। भाग्ने क्रममा कतिपय घाइतेसमेत भएका थिए।
घाइते भएका १२ जना बालबालिका र चार जना वस्यकको अस्पतालमा उपचार भइरहेको छ।
बन्दुकधारीले किन विद्यालयमा हमला गरे भन्ने खुलेको छैन।