सर्लाहीको बरहथवामा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।
बरहथवा नगरपालिका–५ मा आफ्नै तीन तले घरको छतबाट लडेर एक महिलाको शनिबार मृत्यु भएको हो।
छतमा लुगा सुकाउने क्रममा: अचानक छतबाट भुइँमा खस्दा गीता थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो।
घाइते महिलाको त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि वीरगञ्जकै न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
(रासस)