कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका पनि पीडित छन्। अघिल्लो वर्षको तुलनामा बालबालिकामा संक्रमणदर तीव्र छ।
अभिभावकले भ्याक्सिन लगाएको भए पनि अब कोरोना लाग्दैन भन्ने भ्रम पाल्नु हुन्न। किनकि, भ्याक्सिन लगाउँदैमा कोरोना नलाग्ने भन्ने हुन्न। यसले कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमणदर हटाउने होइन। गम्भीर स्थिति पुग्नबाट बचाउने मात्र हो।
त्यसैले अभिभावक आफूले खोप लगाए पनि बच्चालाई बचाउन विभिन्न सावधानी अपनाउनु जरूरी छ।
यसै विषयमा बालरोग विषेशज्ञ डाक्टर राजु काफ्लेको भिडिओ हेर्नुहोस्