छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरूद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।
राजमार्गको जिल्लाको सतबाँझ-गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको थियो।
धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान साढे ८ः०० बजेदेखि सडक सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।
पहिराले ढिकगाडमा गएराति १ः०० देखि र धरमघरमा बिहान ८ः०० बजेदेखि सडक अवरूद्ध भएको थियो।
अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रूपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिए।
यसअघि शनिबार अपरान्ह पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरूद्ध भएकामा करिब दुई घण्टापछि खुलेको थियो।रासस