स्क्यान्डिभियन मुलुक डेनमार्कले भुटानलाई साढे दुई लाख डोज कोरोनाविरूद्धको खोप अनुदानमा दिने भएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै डेनिस विदेश मन्त्रालयले अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन जति सक्यो छिटो भुटानलाई दिने जानकारी गराएको छ।
भुटानमा पनि नेपालमा जस्तै पहिलो डोज लगाएका धेरै मानिसले कोरोनाको दोस्रो खोप लगाउन पाएका छैनन्।
‘सरकारले झन्डै साढे २ लाख डोज अष्ट्राजेनेका खोप भुटानलाई दिने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
भारतले कोरोनाविरूद्धको खोप निर्यात बन्द गरिदिएपछि भुटान सरकारले विभिन्न १८ मुलुकबाट खोप ल्याउन पहल गरेको थियो।
सोही पहलअनुसार डेनमार्क खोप दिन राजी भएको हो।
भुटानमा अहिले दोस्रो चरणको खोप लगाउन ५ लाख डोज खोप आवश्यक छ।