पहिरोका कारण अवरूद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ।
निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि सडक अवरूद्ध भएको थियो।
भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरूद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरूद्ध भएको थियो।
धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
‘हिजो दिउँसो पहिरो हटाएर सडक चालु गराइए पनि बिहीबार राति फेरि पहिरो खसेको थियो,’उनले भने, ‘सबै पहिरो हटाएर सडक खण्ड चालू गराइएको छ।’रासस