भारतीय राज्य हिमाञ्चलमा आइतबार आएको पहिरोमा परी कम्तीमा ९ जना पर्यटकको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार किन्नापुर जिल्लाको सांगलामा आएको सुख्खा पहिरोमा खसेका ढुंगाले गाडीमा क्षति पुर्याएका छन्।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा माथिबाट खसेको एउटा ढुंगा पुलको बीचमा बजरिन्छ। ढुंगाले लागेपछि पुल भत्किन्छ।
घटनामा परी ९ जनाको मृत्यु भएको र केही घाइते भएको हिमाञ्चलका प्रमुख सचिव अनिल खाचीले जानकारी दिएका छन्।
पहिरो खसेको ठाउँ हिमाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्र हो। घटनापछि चिकित्सकहरूको टोली घटनास्थलमा पुगेको अधिकारीहरूले जनाएका छन्।