कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतले छिमेकी देश बंगलादेशमा अक्सिजन पठाएको छ।
बंगलादेशमा दिनहुँ १० हजारको हारहारीमा कोरोना संक्रमित भेटिरहेका छन्। इदको समयमा लकडाउन खुकुलो गरेको कारण बंगलादेशमा थप कोरोना संक्रमित बढ्ने बताइएको छ।
बंगलादेशमा पछिल्लो २४ घण्टामा ११ हजार २९१ जना संक्रमित फेला परेका थिए। यस्तै,२२८ जनाको मृत्यु भएको थियो ।
भारतका विदेशमन्त्री एस जयशंकरले ‘छिमेकीलाई पहिला’ भन्ने नीति अनुसार अक्सिजन सहयोग गरिएको जानकारी दिए।
‘छिमेकीलाई पहिला भन्ने हाम्रो नीतिलाई हामीले फेरि प्रमाणित गरेका छौं, त्यही नीतिअनुसार भारतले अक्सिजन उपलब्ध गराएको छ,’उनले ट्वीटरमा लेखेका छन्।
भारतीय रेल सेवा मार्फत २०० मेट्रिकटन तरल मेडिकल अक्सिजन ९एलएमओ० आइतबार ढाका पुगेको उनले जानकारी दिएका छन्। एएनआई/रासस