चिनियाँ अदालतले कृषि क्षेत्रका अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाएको छ।
समाज भड्काएको लगायतका आरोपमा सन दावूलाई बुधबार १८ वर्ष जेल सजाय सुनाएको एएफपीले जनाएको छ। हुबेइ प्रान्तको गाओबेइडियन पिपुल्स कोर्टले उनलाई सो सजाय सुनाएको हो।
अदालतले राज्यका अंगहरूमाथि आक्रमण गर्न भिड जम्मा गराएको, सरकारी प्रशासनलाई अवरोध पुर्याएको र झडप तथा समस्या उत्पन्न गर्न भड्काएको भन्दै उनलाई दोषी ठहर गरेको हो।
सनलाई अदालतले ४ लाख ७५ अमेरिकी डलर जरिवाना तिराएको छ।
गत नोभेम्बरमा सरकार समर्थित प्रतिष्पर्धीसँग जग्गा विवाद भएपछि १९ आफन्त र व्यापारी सहकर्मीसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनले सन् १९८० मा आफ्नी श्रीमतीसँग मिलेर केही कुखुरा र सुँगुर पालेर कृषि कम्पनी खोलेका थिए। अहिले सो कम्पनी चीनकै सबैभन्दा ठूला कम्पनीहरूमध्येका एक हुन्।
यसअघि उनले सन् २०१९ मा स्वाइन फ्लूका कारण सुँगुर मरेको तस्वीरहरू सार्वजनिक गरेका थिए। अधिकारीहरूले स्वाइन फ्लूविरूद्ध ढिला काम गरेको भन्दै तस्वीर सार्वजनिक गरेका थिए।
सन् २००३ मा पनि अवैध रूपमा पैसा उठाएको आरोपमा सनलाई जेल सजाय तोकेको थियो। तर मानव अधिकारकर्मी तथा मानिसहरूको विरोध पछि सो निर्णय सच्याइएको थियो।