गएरातिको वर्षाका कारण अवरूद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरानजिक पहिरो जाँदा उक्त राजमर्ग अवरूद्ध भएको थियो।
राजमार्ग खुलाउन सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोग लिइएको घण्टेश्वर गैरास्थित प्रहरी चौकीले जनाएको छ।
राजमार्ग अवरूद्ध भएका कारण गएरातिदेखि अलपत्र परेका दजनौं सवारीसाधन तथा सयौं यात्रु अहिले आ-आफ्नो गन्तव्यतिर लागेका स्थानीयबासी मोतीसिंह बमले बताए।
पहिराका कारण पाँचौं पटकसम्म राजमार्ग अवरूद्ध भइसकेको जनाइएको छ। रासस