दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढाका ५२ वर्षीय सुरेश डाँगीको घरमै करेन्ट लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले शुक्रबार बिहान ६:४० बजेको समयमा नाङ्गो तार प्लगमा घुसाउने क्रममा डाँगीलाई करेन्ट लागेको बताए।
करेन्ट लागेर गम्भीर अवस्थाका डाँगीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बिहान ७: ४० बजे मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।
शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ।