सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भासिँदा ६६ घर उच्च जोखिममा परेका छन्।
घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको उक्त क्षेत्रका ४५० परिवार विस्थापित भएका छन्।
स्थानीयबासी एक सातादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाको उपप्रमुख सिर्जना तामाङले जानकारी दिइन्।
उनका अनुसार कात्तिकेमा पनि ८ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ।
विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ। तेलेसोङ खोला ठाउँठाउँमा सुरूङका रूपमा बग्ने गरेकाले जमिन भासिने र चिरापर्ने गरेको र सो स्थानमा उद्धारका सामग्री लैजान जोखिम रहेको उपप्रमुख तामाङले जानकारी दिइन्। रासस