इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ।
मंगलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।
आफूहरूलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको उनले बताए।
माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
एघार घण्टापछि सडक सञ्चालनमा
पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ।
मंगलबार राति ११ः४५ बजे इच्छाकामना गाउँपालिका-४ मा खसेको पहिरो पन्छाएसँगै अहिले बिहान १०ः२० बजेबाट सञ्चालनमा आएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम आज बिहानबाटै गरिएको थियो।
ठूलो पहिरो खसेका कारण पन्छाउन समय लागेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्। रासस