बैतडीमा कमलसिंह महराको मृत्यु प्रकरणको अनुसन्धानका लागि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुर्नया गाउँपालिका–४ हरिसपुर भन्ने ठाउँमा सोही वडाको लेकडाँडा घर भएका ५६ वर्षीय कमल सिंह महरा मृत फेला परेका थिए।
सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौंमा मासु पसल सञ्चालन गर्दै आएका महरा शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेका थिए।
घटनाको अनुसन्धानका लागि प्रहरीले पाँच जना स्थानीयलाई निन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी सूचना अधिकारी दर्शन खड्काले बताए।
मृतक महराको मृतकको टाउको, छाती र शरीरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सूक्ष्म ढंगबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुर्नयाकै सनसेरीमाण्डौंमा मासु पसल सञ्चालन गर्दै आएका उनी बिहान टाउको र खुट्टामा चोटपटक लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।