यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई दिइएको छ।
अमेरिकाका स्युकुरो मानाबे, जर्मनीका क्लाउस हासलमान र इटालीका जिओरजिओ पारिसीलाई पृथ्वीको जलवायु र मानवीय क्रियाकलापले त्यसलाई कसरी प्रभावित पार्छन् भन्नेबारेको अध्ययनका लागि नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख गरिएको छ।
उनीहरूको अध्ययनले पृथ्वीको जलवायु कसरी परिवर्तन भइरहेको छ र त्यसमा मानवीय क्रियाकलापले पार्ने प्रभाव बुझ्न सघाउँछ।
कमिटीले कोरोनाभाइरसको महामारीका कारण यसवर्षका नोबेल विजेताहरूलाई सम्बन्धित देशहरूबाटै पुरस्कार प्रदान गर्ने योजना बनाएको छ।