तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुरनाहले साहित्य विधामा सन् २०२१ को नोबल पुरस्कार पाएका छन्।
स्विडिस एकेडेमीले बिहीबार गुरनाहलाई साहित्य विधामा नोबल पुरस्कार दिने घोषणा गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।
औपनिवेशिक प्रभाव र खाडी क्षेत्रमा शरणार्थीहरूले भोग्नुपरेको अवस्थालाई साहित्यका माध्यमबाट चित्रण गर्नमा गुरनाहले पुर्याएको योगदानका कारण उनलाई नोबल पुरस्कार दिइएको हो। उनले पुरस्कारस्वरूप ११ लाख ४० हजार डलर पाउने छन्।
सन् १९४८ मा जन्मिएका गुरनाह सन् १९६८ मा बेलायत गएका थिए। उनले १० वटा उपन्यास लेखिसकेका छन्। धेरैजसो उपन्यासमा शरणार्थीका अनुभव चित्रण गरिएको छ।
सन् १९९४ मा 'प्याराडाइज' नामक उपन्यासका लागि उनले बुकर पुरस्कार पाएका थिए। त्यो किताबमा उनले बीसौं शताब्दीमा तान्जानियामा हुर्किएका केटाको कथा लेखेका छन्।