नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोभिड-१९ परीक्षण गर्दा संक्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा संक्रमण देखिएको थियो।
उनका अनुसार हिजोको संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको सुरूआत पछिकै सबभन्दा कम हो।
पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको छ।
मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको हो।
कोरोना भाइरस विरूद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारूकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण संक्रमण घट्दै गएको देखिएको छ।
उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ।
संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरूद्धको खोपको पनि योगदान रहेको बताइएको छ।
यस्तै, काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरूद्धको खोप लगाइएको छ।
यस्तै, उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ। रासस