अमेरिकाको न्यूयोर्कस्थित एउटा अपार्टमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ।
घटनामा परी ५ दर्जनभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १३ जना गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
१९ तले अपार्टमेन्ट भवनमा आगलागी आज बिहान सुरु भएको थियो।
आगो नियन्त्रणका लागि २ सयभन्दा बढी अग्नी नियन्त्रकहरु पुगेका थिए।
दोस्रो र तेस्रो तलाबाट आगलागी सुरु भएको र आगलागी नियन्त्रणमा आइसकेको न्युयोर्क सिटी फायर डिपार्टमेन्टले जनाएको छ ।
अपार्टमेन्टको ढोका खुला गरिएपछि धुँवा हरेक तलामा फैलिएको थियो। पीडितहरु हरेक तलाको भर्याङमा भेटिएका थिए। कैयनलाई हृदयघात भएको थियो । मृत्यु हुने र बिरामी हुनेहरु अधिकांश धुँवाका कारण भएको जनाइएको छ ।
यसैबीच न्यू योर्कका मेयर एरिक यडम्सले घटनामा परि मृत्यु हुनेको सङ्ख्यालाई न्यूयोर्कमा ३० वर्षयताकै खराब भनेका छन्।
विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।