अमेरिकामा क्र्यास ल्यान्डिङ भएको एउटा सानो जहाजमा रेल* ठोक्किएको छ।
समाचार संस्था रोयटर्सका अनुसार सेसेना कम्पनीको उक्त जहाज आइतबार बिहान पाकोइमाबाट उडनासाथ क्र्यास ल्यान्डिङ गरिएको थियो। रेलवेको जक्सनमा क्र्यास ल्यान्डिङ भएको जहाजमा केहीबेरमै एउटा रेल आएर ठोक्किएको थियो।
प्रहरी अधिकारीले जहाजका पाइलटलाई तत्काल उद्धार गरेका थिए। पाइलटलाई निकाल्नासाथ रेलले जहाजलाई ठक्कर दिएको थियो। रेलको ठक्करबाट जहाज टुक्रा-टुक्रा भएको थियो।
जहाजका चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने रेलका कुनै पनि यात्रु घाइते भएका छैनन्।
लस एन्जलस प्रहरी डिपार्टमेन्टले घटनामा चालकलाई उद्धार गर्ने प्रहरीको भिडिओ राख्दै उनको तारिफ गरेको छ।
*सच्याइएको