भारतमा पछिल्लो समय कोरोना संक्रमित क्रमशः घट्न थालेका छन्। माघ ६ गते सर्वाधिक ३ लाख ४७ हजार संक्रमित पुगेको भारतमा क्रमशः घटेर पछिल्लो २४ घन्टामा ३ लाख ६ हजार संक्रमित फेला परेका छन्।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो दिन ३ लाख ३३ हजार संक्रमित फेला परेको यहाँ एकै दिन ३० हजारले संक्रमित घटेका हुन्।
पछिल्लो २४ घन्टामा भारतमा २ लाख ४२ हजार संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ४ सय ३६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ४९ हजार नाघेको छ।
भारतमा पछिल्लो २४ घन्टामा १४ लाख ७४ हजार ७३५ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
भारतमा कोरोना संक्रमण दर २०.७५ प्रतिशत छ।
यस्तो छ पछिल्लो चार दिनको संक्रमण
• आइतबार- ३०६४०४
• शनिबार-३३३३७०
• शुक्रबार-३३७७८५
• बिहिबार-३४७०६३