भारतमा लगातार पाँचौ दिन कोरोना संक्रमण घटेको छ। पछिल्लो २४ घन्टामा २ लाख ५५ हजार ८ सय ७४ कोरोनाका नयाँ संक्रमित फेला परेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यसअघि लगातार ५ दिनसम्म तीन लाख भन्दा बढी संक्रमित भेटिएका थिए।
सोमबार ३ लाख ६ हजार ६४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
यो सँगै भारतमा दैनिक संक्रमणदर १५.५ प्रतिशतमा झरेको छ। यसअघि सोमवारको दैनिक संक्रमण दर २०.७५ प्रतिशत थियो।
सक्रमित घटेसँगै निको हुनेको संख्या बढेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार ७ सय ५३ जना निको भएका छन्।
यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८ सय ४२ पुगेको छ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६१४ जनाको मृत्यु भएको छ।
राजधानी दिल्लीमा कोरोना पोजेटिभ दर ११.७९ प्रतिशतमा झरेको छ। पछिल्लो २४ घन्टामा यहाँमा ५७६० नयाँ संक्रमित फेला परेका छन्।
भारतमा दैनिक कोरोना संक्रमणबार | नयाँ संक्रमित |
---|
सोमबार | २५४१३७ |
आइतबार | ३०६८५३ |
शनिबार | ३३३३७० |
शुक्रबार | ३३७,७८६ |
बिहिबार | ३४७,०६३ |