भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमण कम हुँदै गएपछि प्रतिबन्धहरू हटाइएका छन्।
बिहीबार दिल्ली विपद् व्यवस्थापन निकाय (डिडिएमए)ले सप्ताहन्त कर्फ्यु हटाउने निर्णय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।रात्रिकालीन कर्फ्यू भने जारी छ।
यस्तै पसलहरू खोल्न लागु गरिएको जोर-बिजोर प्रणाली पनि हटाएको छ।
दिल्लीका गभर्नर अनिल बैजलको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९को अवस्थाबारे समीक्षा गरेको थियो। कोरोना अझै बढ्दै गए कडाइ गर्नेबारे पनि छलफल भएको थियो।
बैठकमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि उपस्थित थिए।
बैठकको निर्णय आदेश सार्वजनिक भएपछि कार्यान्वयनमा आउनेछ। आदेश बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा आउने हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यसअघि भने पहिलेकै आदेश जारी रहनेछ।
डिडिएमएले विवाहमा २०० जना सम्ममात्रै भेला हुन पाउने निर्णय गरेको छ। यसअघि २० जना सम्ममात्रै भेला हुन आदेश थियो।
बार तथा रेष्टुरेन्टहरूले पनि ५० प्रतिशत ग्राहक राखेर सञ्चालन गर्नुपर्ने भएको छ।
विद्यालय तथा कलेजहरू भने अझै पनि बन्द रहेनछन्।