रूकुम घर भई तुलसीपुरमा बस्दै आएका एक युवकलाई बेपत्ता भएको दुई दिनपछि प्रहरीले जंगल क्षेत्रबाट उद्धार गरेको छ।
रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भई हाल तुलसीपुर-४ मा परिवारसहित बस्दै आएका २४ वर्षीय जनक देवकोटाबेपत्ता भएको खबर प्रहरीले चैत ६ गते साढे ४ बजेतिर पाएको थियो।
प्रहरीका अनुसार देवकोटासोमबार बिहान ८ बजेतिर लमही नगरपालिका वडा नं. ९ स्थित अमेलिया क्षेत्रको जंगलको सडक छेउमा फेला परेपछि उद्धार गरिएको हो।
‘हामीले सापकोटालाई फेला पार्दा मैले खाना खान पाएको छैन र म निकै कमजोर भएको छु भन्दै थिए,’ एक प्रहरी अधिकारीले भने, ‘तर, प्रारम्भिक अनुसन्धानबाट त्यो नाटक गरेको खुलेको छ।’
देवकोटातुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुटको फार्ममा काम गर्ने कर्मचारी हुन्। रिजालको हस्पिटल, कलेज लगायत विभिन्न क्षेत्रमा लगानी छ।
देवकोटाश्रीमती र छोरीको साथमा रिजालकै फार्ममा बस्दै आएका थिए।
‘श्रीमती र रिजालको मोबाइलमा बार्गेनिङ गर्दै विभिन्न खाले म्यासेजहरू पठाएको प्रमाणहरू भेटिएका छन्,’ ती प्रहरी अधिकारीले भने, ‘अनुसन्धानबाट सापकोटाको पनि त्यसमा संलग्नता खुलेको छ।’
सापकोटाको श्रीमती र रिजाललाई तिम्रो श्रीमान हामीसँग सुरक्षित छ र जोगाउने भए ५० लाख पैसा लिएर आउनू भन्ने खाले म्यासेज फेला परेको ती प्रहरी अधिकारीले बताए।
‘छुट्टै अर्को सीम कार्डबाट आफैं वा अरू केही व्यक्तिको सहयोगमा रिजालबाट पैसा लिन आफैंले नाटक गरेको आशंका भइरहेको छ,’ ती प्रहरी अधिकारीले भने, ‘हामीले थोरै सोधपुछपछि सापकोटालाई तुलसीपुरबाट अहिले जिल्ला प्रहरी कार्यालय घोराहीमा ल्याएका छौं।’
प्रहरी स्रोतका अनुसार अपहरणमा परेको नाटक गरेका सापकोटाकै मोबाइल ती बार्गेनिङसहितका म्यासेजहरू पठाउन प्रयोग भएको हुन सक्ने आशंका छ।
‘सापकोटाले नयाँ सिमकार्ड किनेको पसल पनि हामीले फेला पारिसक्यौं,’ ती प्रहरी अधिकारीले भने, ‘उसले स्वयम् मबाट गल्ती हुन गयो भन्ने कुरा आइसकेको छ।’
अब यो घटनामा अरू क–कसको मिलेमतो छ भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानपछि बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरी अधिकारीले जानकारी दिएका छन्।