पृथ्वी राजमार्ग पुनः अवरूद्ध भएको छ।
पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरूद्ध भएको हो।
चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला नजिकै झन्डै सवा १२ बजे खसेको सुख्खा पहिरो पञ्छाई दुई बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो।
सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरूद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।
उनका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ।