कपिलवस्तुमा गाडीको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगंगा–१० मा बालिकाको मृत्यु भएको छ।
बुधबार बा५ख ९३५० नम्बरको बसले रा७प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए।
त्यसैगरी, वाणगंगा नगरपालिका–१० भावपुरमा लु२च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा नौ वर्षीय एन्जला पौडेलको मृत्यु भएको छ। बालिकाले बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको हो।