मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका पुरुष मृतावस्थामा भेटिएका छन्।
गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आइतबार भेटिएको हो।
अधिकारी शनिबार साँझ साढे ४ बजे मलामी जाने क्रममा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका थिए।
बेपत्ता भएको खबर पाउनासाथ स्थानीयका साथसाथै प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा गएको समूहले उनको खोजी गरेको थियो।
खोज्ने क्रममा आइतबार गुल्मीदरबार गाउँपालिका–२ तल्लो घोरहास्थित बडिगाड खोलाको बीचमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए।