अविरल वर्षाका कारणले पहिरो जाँदा अवरूद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग भैंसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा भएको छ।
आज दिउँसो भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट खसेको लेदो माटोसहितको पहिरोका कारण अवरूद्ध भैंसे–भीमफेदी सडकखण्डमा करिब ३ घण्टापछि पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन्।
पहिराले सडक अवरूद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारी साधन रोकिएका थिए।