रूकुम पूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ। मंगलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो।
सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।
काठमाडौं, पोखरा, बागलुङबाट आएका सवारी साधन काँक्री र खावाङमा थुनिएका थिए भने रूकुम पश्चिमबाट आएका सवारी रूकुमकोटमै थन्किएका थिए। सडक पुनः सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतिर लागेका छन्।