पश्चिम चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई शुक्रबार दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेको थियो।
घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको उनले जानकारी दिए।