निजामति कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
सहमतिअनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएको सबै कार्यक्रम फिर्ता भएका छन्। उनका अनुसार सहमतिअनुसार चिकित्सक र कर्मचारी संघले राखेका माग सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेस गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी संघसँग छलफल गरिनेछ।
डक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताए।
'सर्वोच्च अदालतले पनि एकपटकका लागि सीमित आन्तरिक प्रतियोगिता गरी स्थायी गर्ने आदेश दिएको छ,' उनले भने, 'स्थायी गर्ने प्रक्रियामा अस्पतालले अगाडि बढाउने र हाम्रा अधिकांश माग पूरा गर्ने सहमति भएको छ।'
सहमतिपछि अस्पताललमा चिकित्सक र कर्मचारी संघले आफ्ना माग राखी टाँगिएको कालो ब्यानर हटाइएका छन्। विभिन्न आठ बुँदे माग राखी चिकित्सक र कर्मचारी आन्दोलनरत थिए।