भारतमा आतंकवादी हमलाको योजना बनाएका एक संदिग्धलाई रूसको फेडरल सेक्युरिटी सर्भिसले पक्राउ गरेको छ। उनी इस्लामिक स्टेटसँग आवद्ध रहेको र भारतमा सत्तारूढ दलका नेता लक्षित आक्रमणको योजना बनाएको टाइम्स अफ इन्डियाले जनाएको छ।
पक्राउ परेका मसराबखुन अजामोभ उज्बेकिस्तानका नागरिक रहेको बताइएको छ। भाजपाका नेताहरूले इस्लामिक धर्मगुरू मोहम्मदको अपमान गरेको भन्दै उनले भारत पुगेर आत्मघाती हमलाको योजना बनाएका थिए।
यस विषयमा भने भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन।