कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुवाको घरमा गएका बेला दिदीसँग नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन्।
प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिए।
‘बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन्’, उनले भने।