राष्ट्रपति विद्यादेवी भण्डारी काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।
शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित स्मृतिसभामा उनले काजी पाँडेको २५४ ओं स्मृतिसभामा पाँडेको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेकी हुन्।
काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरू गरेका शाहवंशीय राजा पृथ्वीनारायण शाहका सैन्य सारथी थिए।
तुलाराम पाँडे पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेका भाइ थिए।
नेपाल एकीकरणको अभियानअन्तर्गत विसं १८२५ असोज १४ गते (भाद्र चतुर्दशी इन्द्रजात्राका दिन) कान्तिपुर हमलाका क्रममा तुलाराम पाँडेको काठमाडौंको बसन्तपुरस्थित तुलजा भवानी मन्दिर परिसरमा निधन भएको हो।
इतिहासकार प्राध्यापक दिनेशराज पन्तले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सैनिक सारथीका रूपमा रहेर काजी तुलाराम पाँडेले नेपालको एकीकरणमा ठूलो योगदान पुर्याएको स्मरण गरे।