महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, ५० वर्षीय वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया संगीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल छन्।
उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिए।
गोकुलेश्वरबाट देहिमाडौंतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो।
महाअष्टमीमा यात्रु देहिमाडौंस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए।
तीव्र गतिका कारण अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ। अटोरिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो।