काठमाडौं उपत्यकामा फूलपातीदेखि आज शुक्रबार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सात जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा चार पैदल यात्रु र तीन जना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने भएको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले चाडपर्वमा पनि सवारीसाधन व्यवस्थापनमा दिनरात नभनी ट्राफिक प्रहरी खटेकाले तुलनात्मक रूपमा यस वर्ष धनजनको क्षति कम भएको बताए।
काठमाडौं उपत्यकामा शुक्रबार सार्वजनिक सवारीसाधन सामान्य अवस्थामा गुडिरहेका छन्। प्रमुख चोकहरूमा सार्वजनिक सवारीसाधन कुर्ने, ओर्लिने र चढ्ने यात्रुको संख्या उल्लेखनीय छ।