गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका २ इजरायली र ६ नेपालीलाई नेपाली सेनाले उद्धार गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याइएको हो।
उद्धार गरिएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ।