त्रिभुवन राजपथको बाह्र घुम्तीमा केही बेरअघि सुख्खा पहिरो जाँदा हेटौंडादेखि काठमाडौंतर्फको यातायात अवरूद्ध भएको भैंसे प्रहरी चौकी मकवानपुरले जनाएको छ।
केही घन्टाभित्रै सुख्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
काठमाडौंबाट आएका र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रूपमा राखिएको भैंसे प्रहरीले जानकारी दिएको छ।